Logo

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ६ लाख ५२ हजार



काठमाडौं, साउन १२। कोरोना भाइरस संक्रमणको कारण विश्वभर ६ लाख ५२ हजार ३३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जारी गरेको तथ्याङक अनुसार विश्वभर एक करोड ६४ लाख १२ हजार दुई सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमित मध्ये हालसम्म एक करोड ४२ लाख दुई सय १० जना कोरोना मुक्त भएका छन्।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित छ। डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र एक लाख ४९ हजार आठ सय ४९ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

त्यस्तै,ब्राजिलमा ८७ हजार ५२, भारतमा ३२ हजार आठ सय १२ जनाले कोरोनाकै कारण ज्यान गुमाईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्