Logo

बाढीले जीवनसाथी खोस्यो, घरमा खाने अन्न छैन



महोत्तरी, १२ साउन । प्राकृतिक विपद् पनि कति निर्दयी पीडामाथि नै पीडा थपिदिन्छ। प्राकृतिक प्रकोपले पनि गरिबलाई नै रुवाउँछ। बाढी आउँछ, गरिबकै घर बगाउँछ। उसैको ज्यान लिन्छ। शीतलहरले दिनदुःखीलाई नै निल्छ। ३० वर्षीया दुलारी देवी कापरको खुसी पनि बाढीले नै लुट्यो। उनका जीवनसाथी विरेन्द्र कापरलाई बाढीको भेलले बगायो। साउन ६ गते बाढीले बगाएका उनको १६ किलो मिटर पर लास भेटियो।

दुलारीका तीन छोरी छन्। उनी पाँच महिनाकी गर्भवती छिन्। घरमा खाने अन्न छैन। चुलोमा आगो बलेको छैन। महोत्तरीको भंहगा—६ संग्रामपुरकी दुलारी श्रीमान् गुमाएको पीडाले छट्पटाउँछिन्। जेठी छोरी नगिना क्रियापुत्री बसेकी छिन्। गरिवीले उनी थलिएकी छिन्। पतिको दाहसंस्कार गर्न उनीसँग साथमा कात्रो किन्ने पैसा नभएर छिमेकीले कात्रो किनिदिए अनि विरेन्द्रको दाहसंस्कार भयो।

उनको घर पुग्दा दुलारी रोइरहेकी थिइन्। आँखा सुन्निएको थियो। विक्षिप्त हुँदै एकैछिनमा बेहोस् हुन्थिन्। पति गुमाएपछि उनको सिउँदो मात्रै पुछिएको छैन, जीवको भरोसा नै चुटिएको छ। कोरोना संक्रमणले लकडाउन भएपछि उनको परिवार भोकभोकै थियो। लकडाउन खुकुलो भएपछि उनका पति काम गर्न जनकपुर पुगेका थिए। यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ । File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot