Logo

ओलीलाई हटाउन प्रचण्ड र नेपाल अन्तिम तयारी गर्दै



काठमाडौं, १२ साउन । अन्तत नेपाल कम्युनिस्ट पार्टीमा ओलीइतरका समुह कडा कदम चाल्ने तयारीमा लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधर कडा रणनीति बनाउन सक्रिय भएको हो ।

आज विहान प्रचण्डनिवास खुमलटारमा प्रचण्ड र माधव पक्षका नेताहरुको बैठक चलेको छ । यसअघि केही दिनयता यो समुहको विभिन्न चरणमा बैठक बसिसकेको छ । बैठकले अब वार कि पारमा जाने लगभग निष्कर्ष निकालिसकेको समुहका एक नेताले जानकारी दिए ।

अब ओलीलाई राजीनामा दिन अन्तिम पटक भन्ने र नमाने पार्टीबाट निर्णय गरेर सरकारबाट फिर्ता बोलाउने सम्ममा जाने प्रचण्ड र माधव समुहले रणनीति तयार गरिरहेको छ । आफूहरुले चाल्ने कदमपछि उत्पन्न हुने परिस्थितिबारे समेत आँकलन गरी छलफल बढाइएको बुझिएको छ ।

नेकपाभित्र प्रचण्डको अध्यक्षतामा भएपनि स्थायी कमिटी बैठक बसेर ओलीबारे निर्णय छिट्टै लिइने तयारी भएको छ । स्थायी कमिटीमा प्रचण्ड र माधवका समर्थक जोड्दा बहुमत पुग्छ ।

नेकपाभित्र अब सहमतिको सम्भावना लगभग टरिसकेको बुझिएको छ । सहमति बनाएर लान उपाध्यक्ष बामदेव गौतम र रामबहादुर थापा बादलले अन्तिम प्रयास गरिरहेका छन् । तर, ओली राजीनामा दिन नमान्ने र प्रचण्ड माधव समुह कुनै हालतमा प्रधानमन्त्रीबाट हटाएरै छाड्ने अडानमा रहेकाले टकराव बढ्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot