Logo

सरिता गिरी उग्र बन्दा लीलादेवीको भाग्योदय, बनिन् सांसद



काठमाडौं, १२ साउन । जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरी उग्र बन्दा सांसद पद गुमाइन् । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्शा जारी गरी संसदबाट निशान छापको संशोधन प्रस्तावको विपक्षमा उभिइन् । पार्टीको ह्वीप उल्लंघन गरी मतदानमा सहभागी भइनन् । जसका कारण गिरीमाथि पार्टीले कारबाही गरी सांसद पदबाट हटाउन संसदमा पत्र नै लेख्यो ।

गिरीको पद गयो । उनले सर्वोच्च अदालतमा रिट हालेपनि सुनुवाई भएन । अन्तत समानुपातिकमा महिलातर्फ उनीभन्दा मुनी नाम भएकी लीलादेवी सिटौलाको भाग्योदय भयो । गिरीको सांसद पद खोसिएपछि उनको दलको समानुपातिकतर्फको सुचीमा माथि तिर रहेकी सिटौलालाई मौका आएको छ ।



प्रतिक्रिया दिनुहोस्