Logo

तमिल अभिनेत्री विजया लक्ष्मीले गरीन् आत्महत्याको कोशिश



एजेन्सी १२ साउन । बलिउड फिल्म उद्योगमा आत्महत्यासँग जोडिएका विषयहरु अहिले बाहिर आउने क्रम जारी छ । तमिल फिल्मकी अभिनेत्री विजया लक्ष्मीले पनि आत्महत्या गर्ने कोशिश गरेर अस्पतालमा समेत भर्ना भएको बाहिर आएको छ । विजया लक्ष्मी चेन्नाईको कुनै एक अस्पतालमा भर्ना भएकी थिइन् । यो भन्दा पहिले उनीमाथी सीमान र हरि नाडरको फलोअर्समाथि उत्पीडन गरेको आरोप समेत लागेको थियो ।

उनले आफूमाथि लगाएको आरोपको एक भिडियो समेत सेयर गर्दै उनको त्यो भिडियो अन्तिम भएको बताएकी थिइन् । विजयाले आफ्नो भिडियोमा लेखेकी थिइन्, ‘यो मेरो हन्तिम भिडियो हो र सिमान र उनका पार्टीका कार्यकर्ताको कारण पछिल्लो समय ४ महिनादेखि तनावमा छु । मैंले आफ्नो बहिनी र आमाको लागि जिवित रहन कोशिश गरेपनि हाल हरिनाडरले मिडियामा मेरो अपमानित गरेका छन् । ’

यो भन्दा अगाडी उनले आफूले ब्लड प्रेसरको औषधि खाईरहेको, एक महिलाको रुपमा आफ्नो क्षमताले साथमा लडिरहेको र अब औषधी पनि सम्हाल्न नसक्ने भएको बताएकी छिन् । विजया लक्ष्मीले बिगबोस कार्यक्रममा पनि आफु केवल मृत्युको आशामा बसेको भन्दै डिप्रेसनसँग लड्न असमर्थ भएको बताएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot