Logo

सुशान्तको अन्तिम फिल्म ‘दिल बचेरा’ यस्तो छ



एजेन्सी, १२ साउन । ‘जब जन्म लिन र मर्न कहिले हुन्छ हामी निर्णय गर्न सक्दैनौ, तर कसरी जीउने त्यो त हामी गर्न सक्छौ ।’ सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बचेर’ यसै डायलगको वरिपरि तयार भएको छ । उनको अन्तिम फिल्म तर बेस्ट चाँही होइन् । तर ‘दिल बचेरा’ एक राम्रो र गम्भीर फिल्म हो ।

यस फिल्ममा बंगाली परिवार हुन्छन् । उक्त परिवारको छोरी कीजी बासु । किजीलाई थाइरायड क्यान्सर हुन्छ र उनलाई अक्सिजन टुटाउन हुँदैन । उनी अक्सिजन सिलिन्डर बोकेर जताततै घुमिरहन्छिन् । फिल्ममा एक युवा हुन्छन् इमैन्युल राजकुमार जुनियर उर्फ मैनी । मैनी एक दिल झुठा केटा हो । उसलाई जीवनलाई खुशी राख्न मात्र आउछ । एक राजा र एक रानीको मायाले कथा अगाडी बढेको छ । ट्रेलरमा जति देखाइएको छ त्यत्ति कहानीमा अचम्म देख्न सकिन्छ । तर यहि अचम्म हेर्नलार्ए अन्तिम सम्म फिल्म हेर्नुपर्छ ।

प्रेम कहानीमा आधारीत ‘दिल बचेरा’ हेरी रहदा ब्रेक लिने आवश्यकता नै पर्दैन । कहानी आफ्नै रफ्तारबाट अगाडि बढ्छ । सुशान्तले दिल जित्ने काम गर्दै अगाडी बढ्छन् । संजना संघीले लिड गरेको पहिलो फिल्म हो । यसमा पाताल लोककी स्वस्तिका मुर्खजीले कीजीको आमाको भुमिका निभाएकी छिन् । यसको साथै शाव्शत चर्टजी र साहिल वेदले स्क्रिन दर्शकलाई आकर्षित गर्ने खालको छ । बीचमा सैफ अली खानलाई पनि देख्न सकिन्छ ।

कहानीमा धेरै मिठो छ तर एक पक्ष हराएको जस्तो लाग्छ । किजी बासुको पुरा पक्ष हेर्न सक्छिन, तर मैनीको बैकग्राउन्ड मिसिंग हुन थाल्छ । शुरुवातमा मुकेश छाबराले आफ्नो पुरै छाप छोड्न सकेका छन् । तर विस्तारै निर्देशक त्यहाँसम्म पुग्न सकेपनि उनले फिल्म भावनात्मक बनाउने कोशिश गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot