Logo

आज उपत्यकामा ६ जना संक्रमित थपिए, तीन जनाको मृत्यु



काठमाडौँ १२ साउन: काठमाडौंका ३ जना र ललितपुरका ३ जनासहित आज (सोमबार) कोरोना संक्रमण पुष्टि हुनेको संख्या १३९ रहेको छ। यससंगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या १८ हजार ७५२ पुगेको छ। त्यसमध्य सक्रिय संक्रमित चार हजार ९५० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसको संक्रमणबाट आज एकै दिन तीनजनाको मृत्यु पुष्टि भएको छ । मृतकमध्ये दुईजनाको हिजो र एकजनाको आज विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । आज तीनजना मृतक संख्या थपिएसँगै कुल संख्या ४८ पुगेको छ ।आज पुष्टि भएका मृतक तीनैजना पुरुष हुन् । जसमध्ये एकजना भारतीय नागरिक हुन् भने दुईजना नेपाली नागरिक हुन् । आज मृत्यु पुष्टि भएका भारतीय नागरिकसहित नेपालमा दुईजना विदेशीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यस्तैगरी, सोमबार कोरोना परास्त गर्ने व्यक्तिको संख्या ६२६ रहेको छ भने हालसम्म नेपालमा कोरोना परास्त गर्ने व्यक्तिको कुल संख्या १३ हजार ७५४ जना रहेका छन्।

मृतकको विवरण

१. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाका ६५ वर्षीय पुरुष, ११ साउन गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको । मुटु तथा मधुमेहका रोगी । १२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको

२. धनुषा सहिदनगर नगरपालिका ८ को डुमरियाका ३६ वर्षीय पुरुषको ११ साउनमा मृत्यु । ज्वरो, खोकी र स्वास प्रश्वारमा कठिनाई भई १० साउनमा जनकपुर प्रादेशिक अस्पतालमा आकस्मिक रुपमा भर्ना भएको । आइसीयुमा राखेको र धरान लैजाँदै गर्दा बाटोमा मृत्यु भएको । १२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको

३. बारा फेटा गाउँपालिका ३ का ६० वर्षी पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १२ साउनमा मृत्यु । निमोनिया, मस्तिष्कघात, मृगौलाका विरामी । १२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको



प्रतिक्रिया दिनुहोस्