Logo

स्याङ्जामा एकैपटक १८ जना प्रहरीमा कोरोना संक्रमण



स्याङ्जा, १२ साउन । स्याङ्जामा एकैपटक १८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । संक्रमितमध्ये जिल्ला प्रहरी प्रमुख समेत छन् ।

संक्रमितमध्ये एकजना महिला प्रहरी छिन् । जिल्ला प्रहरी कार्यालयमा प्रहरीहरुमा कोरोनाको लक्षण देखिएपछि नमुना संकलन गरी परीक्षणका लागि ८ साउनमा पठाइएकोमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

९८ जना प्रहरीसहित हिरासतमा रहेका ४ जनाको नमुना संकलनका लागि पठाइएकोमा हालसम्म ४० जनाको मात्र रिपोर्ट आएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्