Logo

नेपालमा कोरोना रोकथाम तथा नियन्त्रण अहिलेसम्म सन्तोषजनक छ : डा. गौतम (भिडिओसहित)



काठमाडौं, १२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोनाको संक्रमण समूदायस्तरमा पुगेको हो या होईन ? भन्ने कुरा अध्ययन तथा अनुशन्धान भैरहेको बताएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले धेरै राम्रो काम गरिरहेको उनको दाबी छ । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले वीरगन्जवासीले जनस्वास्थ्यका मापदण्ड राम्रोसँग पुरा गरेको भए कोरोनाको महामारी फैलिने थिएन भन्ने धारणा राखे । जुन जुन ठाउँमा कोरोना आउटब्रेक भएको छ, ती ठाउँमा जनस्वास्थ्यका मापदण्ड फलो नगरिएको उनको गुनासो छ । उनले कोरोनाको संक्रमण बढे काठमाडौंमा पनि संकटकाल लगाउनुपर्ने अवस्था आउने सुनाए । उनले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार असफल नभएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot