Logo

त्रिविमा तालाबन्दी, मूकदर्शक पदाधिकारी



काठमाडौं, १३ साउन । एक सातादेखि आफ्नो कार्यकक्ष बन्द हुँदासम्म मूकदर्शक बनेका त्रिविका तीन पदाधिकारीले तालाबन्दी खोल्न सकेका छैनन् । जेष्ठता वरिष्ठता, प्राज्ञिक र विश्वसनीयताको आधारमा पदाधिकारी, डीन, विभागीय प्रमुख र क्याम्पस प्रमुख नियुक्ति गर्नुपर्ने माग गर्दै प्रजातन्त्रबादी प्राध्यापक संघले साउन ५ गतेदेखि तीन पदाधिकारी र सेवा आयोगको मूल गेटमा अनिश्चित्कालीन तालाबन्दी गरेका थिए ।

संघको तालाबन्दी सँगै नेविसंघ, तीन पदाधिकारी र लोकतन्त्रवादी प्राध्यापक संघले समेत त्रिवि पदाधिकारी र सेवा आयोगको कार्यालयमा तालबन्दी गरेका छन् । यो सँगै दुई प्राध्यापकले संगठनले पदाधिकारीको कार्यकक्षमा दुईवटा तालाबन्दी गरेका छन् ।

नेविसंघले आइतबार शिक्षा र मानविकी संकाय डीनको कार्यालयमा समेत तालान्दी गरेको थियो । त्रिवि कार्यकारीले शुक्रबार मानविकी, शिक्षा र व्यवस्थापन संकायका डीन नियुक्ति गरेको थियो ।

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले वार्ता गर्ने विषयमा चासो नदेखाउँदा समस्या जटिल बन्दै गएको छ । एक उच्च अधिकारीका अनुसार उपकुलपति प्राडा बास्कोटाले जहिले पनि एकदुई दिन हेरौं भन्दै पन्छिने गरेका कारण ताला खुल्ने विषय अनिश्चित भएको छ । बास्कोटालाई कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्ति गर्नुभएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्