Logo

जाजरकोटमा बिषालु च्याउ खाँदा एक बालिकाको मृत्यु, सात विरामी



जाजरकोट, १३ साउन । जाजरकोट कुशे गाउँपालिका १स्याँक्रीमा विषालु च्याउ खाएर एक बालिकाको मृत्यु भएको छ भने सात जना सिकिस्त विरामी परेका छन् । च्याउँ खाएर कुशे गाउँपालिका १ स्याँक्रीका जनक बहादुर चलाउनेकी ३ बर्षीय छोरी अन्जना चलाउनेको मृत्यु भएको हो । विषालु च्याउ खाएर विरामी परेकी अन्जनालाई उपचारको लागी स्थानिय स्वास्थ्य संस्था लैजादै गर्दा उनको मृत्यु भएको हो ।

विषालु च्याउ खाएर ५० बर्षिय टेक बहादुर चलाउने, ३० बर्षिय ललिता चलाउने, ३० बर्षिय कल्पना चलाउने, ९ बर्षीय निरुता सिह, १२ बर्षीय धनसरा चलाउने र १४ बर्षीयऔसरा चलाउने सिकिस्त विरमाी परेको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले वताउनु भयो ।

च्याउ खाएर सिकिस्त विरामी परेका उनीहरुलाई कुशेको टापुचौरको स्थानिय मेडिकलमा उपचार भईरहेको र त्यहाँ उपचार हुन नसक्दा थप उपचारको लागी कर्णाली प्रदेशको राजधानी सुर्खेत लिन नेपाली सेनाको हेलिकोप्टर मगाएको अध्यक्ष बस्नेतले जानकारी दिनु भयो । जंगलबाट टिपेर ल्याएको च्याउ तिन घरका परिवारले खाएका थिए ।

च्याउ खाएपछि विरामी भएका हुन् । विरामी परेका छ जनालाई उपचारको लागी हेलिकोप्टरबाट उद्धार गर्न लागेको अध्यक्ष बस्नेतले वताउनु भयो ।बर्षायामको समयमा जथाभावी उम्रेका च्याउ खादाँ मानिसहरु विरामी पर्ने ज्यान समेत जाने भएकोले आफुले नचिनेको च्याउ नखाना कृषि विकास कार्यालयले जनाएको खबर आजको समाचार पत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्