ब्रसेल्स, १३ साउन । धादिङ घर भएकी २१ वर्षिया नेपाली विद्यार्थी रेणुका कोइरालाको साइप्रसको निकोसियामा मोटरसाइकल दुर्घटनामा परी हिजो निधन भएको छ । अध्ययनको सिलसिलामा गत जनवरी – फेब्रुअरी इन्टेकमा साईप्रस आएकी कोइरालाको २६ जुलाईको करिब २ बजे राति काम गरेर डेरातिर फर्कने क्रममा ट्राफिक दुर्घटनामा परी घाइते भएकी थिइन् ।
उलाई निकोसीया अस्पताल पुऱ्याउँदा डाक्टरले तत्कालै मृत घोषणा गरेका थिए । निकोसीयाबाट संचारकर्मी समिम मियाँका अनुसार स्थानीय प्रहरीले रेणुकाको निधनको पुष्टि गरिसकेको छ ।राति रेणुकालाई पिकअप गरेर आउने चालकसहित मोटरसाइकल हाल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताइएको छ ।
अनुसन्धानको क्रममा मृतक कोइरालाको साथबाट परिचय पत्र। मोबाइल सेट, निलो रंगको झोला र झोला भित्र केही पैसा भेटिएको साइप्रस प्रहरीले जनाएको समाचार आजको वीनेपालीले छापेको छ ।