Logo

संसारभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख ५६ हजार नाध्यो



काठमाडौं, साउन १३। कोरोना भाइरस संक्रमणको कारण विश्वभर ६ लाख ५६ हजार पाँच सय ५० जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसार विश्वभर एक करोड ६६ लाख ४४ हजार ६७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित छ। डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र एक लाख ५० हजार चार सय ४४ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

त्यस्तै,ब्राजिलमा ८७ हजार ६ सय ७९, भारतमा ३३ हजार चार सय ४८ जनाले कोरोनाकै कारण ज्यान गुमाईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्