Logo

दाहालले ओलीबिनै सुरु गरे बैठक



काठमाडौं, १३ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी कमिटी बैठक सुरु गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै बैठक सुचारु गरेको स्रोतले जनाएको छ । यसअघि दाहालले प्रधानमन्त्री तथ अध्यक्ष ओलीसँग भेट गरेका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनकाअनुसार बैठकमा ओली पक्षधर नेताहरुपनि सहभागी छन् । file photo



प्रतिक्रिया दिनुहोस्