काठमाडौं, १३ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी दुर्घटनानजिक रहेको खतरा औंल्याउँदै सबैलाई अब रोकिन आग्रह गरेका छन् । स्थायी कमिटीको बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा स्थगित् गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूह रुष्ट बनेको र लगत्तै उक्त समूहले बैठक सुचारु गरेपछि मन्त्री भट्टराईको यस्तो टिप्पणी आएको हो । उनले नेताहरुलाई अब रोकिन र सल्लाह गर्न आग्रह गरेका छन् । दाहाल–समूहमै रहेका मन्त्री भट्टराईले दाहालले ओलीको अनुपस्थितिमै बैठक सुचारु गरेलगत्तै सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो अपिल गरेका हुन् ।
दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔ । सल्लाहा गरौ ।
— Yogesh Bhattarai (@yogesbhattarai) July 28, 2020