Logo

वनमन्त्री बस्नेतको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण छ : मेयर ढकाल



चिवतनको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले वनमन्त्री शक्ति बहादुर बस्नेतको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण रहेको टिप्पणी गरेका छन् । मंगलबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अन्तर्वार्ताको क्रममा भनेका छन्,‘ मोटरसाइकलमा गएर मचानमा मान्छे कुट्नेहरू हुन् भन्ने जुन अभिव्यक्ति आएको छ, समग्र गरिब किसानहरूमाथि धज्जी उडाउने काम वनमन्त्रालयको तर्फबाट भएको छ । यसको लागि म घोर निन्दा र भत्र्सना गर्न चाहन्छु । मैले तुरुन्त उहाँलाई रिपोर्ट दिने मान्छे जो हो, त्यो रिपोर्ट गठन गरेर पठाउनु भएको छ, त्यो आयोगका छानविन गर्ने समितिलाई समेत कारबाही गर्नुपर्छ ।’ प्रस्तुत छ मेयर ढकालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

यतिखेर माडी नगरपालिका चर्चामा छ । वनमन्त्री शक्ति बहादुर बस्नेतको अभिव्यक्तिलाई कसरी लिनुभएको छ ? चेपाङ्गलाई कुटेर मारियो भनेर प्रस्ट रूपमा कुराहरु बाहिर आइसकेको छ । तपाईको दायित्व र जिम्मेवारी होइन ? तपाईहरू के हेरेर बसिरहनु भएको ? यो घटनाको छानविन गरेर दोषीलाई कारबाही हुनुपर्दैन ?

पहिलो कुरा त अस्ति आएको जुन वनमन्त्रीज्युको अभिव्यक्ति छ, त्यो एकदम गैर–जिम्मेवारीपूर्ण तरिकाले उहाँले त्यो अभिव्यक्ति दिनुभएको छ । जहाँ उहाँहरू बसोबास गर्नुहुन्छ, त्यहाँ आगजनी भएको छ । घरहरू जलेका छन् र त्यो ठाउँमा अहिलेपनि पैदल जानुपरेको छ । मोटरसाइकलमा गएर मचानमा मान्छे कुट्नेहरू हुन् भन्ने जुन अभिव्यक्ति आएको छ, समग्र गरिब किसानहरूमाथि धज्जी उडाउने काम वनमन्त्रालयको तर्फबाट भएको छ । यसको लागि म घोर निन्दा र भत्र्सना गर्न चाहन्छु । मैले तुरुन्त उहाँलाई रिपोर्ट दिने मान्छे जो हो, त्यो रिपोर्ट गठन गरेर पठाउनु भएको छ, त्यो आयोगका छानविन गर्ने समितिलाई समेत कारबाही गर्नुपर्छ । किनभने झुठा कुराहरू लिएर गएर कोदालो खनेर कमाएको १०,००० रूपैयाँ गुमेको छ । उसले भात पकाउने भाँडाहरू त्यहाँ डढेका छन् । उसको बस्ने बास जलेको छ । जिम्मेवार निकायमा रिपोर्ट पठाउँदाखेरि त्यो खालका कपोलकल्पित जुन रिर्पोटहरू गएका छन्, त्यो तुरुन्तै सच्याईनुपर्छ र वनमन्त्रीज्युले आँट गर्नुपर्छ कि आगजनी गर्ने मान्छेहरूलाई मात्र होइन गलत रिर्पोट दिने मान्छेहरूलाई समेत कारबाही गर्ने आँट गर्नुपर्छ । त्यसैको लागि अगाडि बढ्न सक्नुहुन्छ मलाई लागेको छ ।

तपाईलाई विश्वास छ, वनमन्त्रीको अभिव्यक्ति जसरी संसदीय समितिमा आयो, जताततै आलोचना भएको छ । सत्ताका आँखा पनि बन्द हुन्छन् । धेरैले भन्न थाले सत्तामा पुगिसकेपछि वनमन्त्रीको आँखा बन्द भयो । त्यो हुँदै होइन, सेनाले गरेकै होइन भनिरहनु भएको छ । आगो लगाएकै होइन, भनिरहनु भएको छ । वास्तविकता के हो ?

वास्तविकता के हो भने त्यहाँ सेनाले ७ ओटा हात्तीमाथि सेना र राष्ट्रिय निकुञ्जको प्रशासनको कर्मचारीसहितको टोली त्यहाँ पुगेको हो । त्यहाँ २ ओटा घरमा आगजनी गरेर बाँकी ७ ओटा घरहरू भत्काउने काम भएको छ । त्यहाँ धेरै किसानहरूले लगाएको मकै भाँचेर खाने बेला भएको मकै ७ ओटा हात्तीले र त्यहाँ गएको टिमले फाँड्ने काम भएको छ । त्यो अहिले पनि तपाईहरू आएर देख्न सक्नुहुन्छ । त्यसो भएको हुनाले त्यहाँको यथार्थतालाई जुन किसिमले लुकाउने गरिएको छ, यो एकदम नै गलत भएको छ र यसको लागि निरन्तर रूपमा उचित किसिमले छानविन हुनुपर्छ र जो दोषी हुन् उनीहरूमाथि कारबाही हुनुपर्छ, भन्ने कुरामा माडी नगरपालिका निरन्तर रूपमा लागिरहेको छ र लागिराख्ने छ ।

तपाईहरूले वनमन्त्री, सरकारलाई घट्नाको वृत्तान्त बताउनुभएको छ, जानकारी दिनुभएको छ ?

एकदमै, हामीले सरकारलाई यसको बारेमा जानकारी गराएका छौँ । वनमन्त्री ज्युसँग पनि हामीले कुराकानी गरेका छौँ । हामीले निर्वाचित गरेर पठाएको पूर्वप्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड ज्युलाई पनि हामीले यो विषयमा पूर्ण अवगत गराएका छौँ ।

अवगत गराएर के गर्ने ? प्रचण्डले नै वनमन्त्री बनाएको शक्ति बहादुर बस्नेतले अर्कै कुरा बोल्नुभएको छ ? उहाँलाई खुलापत्र पनि जनताले पठाउन थालिसके ?

प्रचण्ड कमरेडको सरकार हुँदा उहाँकै सिफारिसमा वनमन्त्री हुनुभएको हो । छोरालाई डाक्टर बनाउने भनेर बाबुले हुर्काएको हुन्छ, छोरा जड्याहा बनिदिन सक्छ ।

सत्ताले लगाएको आगोले भन्दा तपाईहरूले दिएको बयानले पोल्यो भनेर जनताले भनिसके शक्ति बहादुर बस्नेतलाई त । वनमन्त्रीको जुन बयान आयो नि, जताततै आलोचना भएको छ । माडीका जनता पनि यतिखेर रोइरहेका छन् । अब कसरी अघि बढ्नुहुन्छ ?

त्यो स्वाभाविक हो । शासन गर्नसक्ने स्थिति यिनै जनताले गरिदिएका हुन् । हिजो सँगै खाँदाखेरि १० वर्षे जनयुद्धमा हिँड्दाखेरि तिनै जनताले, तिनै चेपाङ्गले पकाएर खाएको विर्सेर आज तिनै चेपाङ्गको घरमा आगलागी हुँदाखेरि जनताले चौतर्फी रूपमा विरोध गर्नु स्वाभाविक कुरा हो । जनताले स्वाभाविक रूपमा आफ्नो मनको अभिव्यक्ति प्रस्तुत गर्न सक्दछ । चौतर्फी रूपबाट ती चेपाङ्गहरूको हिजो तिनैले पकाएको खाएको व्यक्ति मुलुकको परिवर्तनको लागि, जनताको उत्थानको लागि भनेर हामी हिँडेका हौँ । आज तिनै जनताको घरमा आगो लगाउँदाखेरि विरोध गर्नु अस्वाभाविक होइन । जुन मान्छेले बदमासी ग¥यो, त्यसलाई हामीले इमान्दारीपूर्वक खोजेर कारबाही गरेर ती जनताको उचित बसोबासको व्यवस्थापन गर्न सक्यौँ भने फेरि जनताले हामीलाई नै फुलको माला लगाइदिन्छन् ।

तर्कहरू त विभिन्न तरिकाले आइरहेका छन्, पछिल्लो समय । २४ वर्षीय राजकुमार चेपाङ्ग जसरी कुटेर मा¥यो, त्यतिखेर तपाईहरू के हेरेर बसिरहनु भएको थियो ? उहाँको परिवारमा त विचल्ली छ नि अहिले ?

मान्छेको मृत्यु भएको अवस्थामा त्यो किसिमको पीडा हुन्छ । एउटा साधारण ज्वरो आयो भने त कस्तो हुन्छ, अब आफ्नो सन्तान नै गुम्दाखेरि पीडित नुहुनु त कुरै आएन । ज्याला मजदुरी गरेर खाने मान्छेहरू राष्ट्रिय निकुञ्जको कारणले यस्तो अवस्था नआओस् भनेर हामी त्यसैका लागि आवाज उठाइरहेका छौँ । सत्यको खोजी हुनुप¥यो । बदमास गर्नेलाई कारबाही गर्नुप¥यो । जनताले राज्यमा मेरो पनि स्वतन्त्रता छ, स्वतन्त्र रूपले बाँच्न पाउने अधिकार मैले प्राप्त गर्न सकेको छु भन्ने अनुभूति गराउनको लागि राज्यले त्यो भूमिका निर्वाह गर्नुपर्दछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot