Logo

दाहाल-नेपाल समूहको बैठकलाई थापाले भेलाको संज्ञा दिए, सेयर गरे यस्ता तस्विर



काठमाडौं, १३ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव कुमार नेपाल समूहले अर्का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै पार्टीको स्थायी कमिटी बैठक राखेका थिए । बैठकमा उपाध्यक्ष वामदेव गौतमसहित दाहाल–नेपाल समूहका २९ जनाको सहभागिता रहेको जनाईएको छ । आजको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकलौटी रुपमा बैठक स्थगित् गर्नु गलत भएको निश्कर्ष निकालेको बैठकमा सहभागी स्थायी कमिटी सदस्य गणेश साहले जनाएका छन् ।

बैठकमा दाहालले आजको बैठकलाई स्थायी कमिटीको बैठक भन्न नहुने भन्दै बहुमत सदस्यको स्थायी कमिटी बैठक भन्नुपर्ने धारणा राखेका थिए । र, उनले ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गर्नु अनुचित भएको र आगामी दिनमा बैठक स्थगित् नगर्ने धारणा राखेका थिए ।

यता, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने दाहाल–नेपाल समूहको बैठकलाई भेलाको संज्ञा दिएका छन् । उनले बैठकका तस्विरसमेत सार्वजनिक गर्दै सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,‘बैठक स्थगित पछि ..बालुवाटारका राेचक दृश्यहरू! दुई जना अध्यक्षहरूबीच परामर्श र गृहकार्य गर्न बाँकी रहेकाे यथार्थका अाधारमा नै बैठक स्थगित गरिएकाे थियाे, अाखिर बैठक त हुन सकेन नै । भेला यस्तै निष्कर्षमा पुगेर निष्कर्षबिहीन ।’ file photo



प्रतिक्रिया दिनुहोस्