Logo

उपत्यकामा ४८ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु



काठमाडौ, १३ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा ४८ जनामा कोरोना संक्रमीत थपिएको जानकारी दिएका हुन् ।

गौतमका अनुसार पछिल्लो २४ घन्टामा उपत्यकाका ४८ जनासहित देशभर ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजसम्म १३ हजार ८ सय ७५ जना संक्रमण मुक्त भएका छन् । २४ घन्टामा १ सय २१ जना संक्रमण मुक्त भएका छन् । योसँगै कुल संक्रमितको सख्या १८ हजार ६३ पुगेको छ ।

त्यसै गरी आज एक जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । उनी भारतको ब्याङलोरबाट असारमा नेपाल आएका थिए । आज एकजनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुने सख्या ४९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्