काठमाडौं, १३ साउन । जबरजस्ती करणी उद्योग गरेको अभियोगमा दिल कुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । ताप्लेजुङ मेरिङदेनका लिम्बुलाई १६ वर्षीय किशोरी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ परेका हन् । किशोरीलाई आइतबार बिहान सोही ठाउँस्थित जंगलको गोरेटो बाटोमा जबरजस्ती करणी गर्न खोजेका लिम्बुलाई प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।
त्यस्तै रुपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा तिलोत्तमा नगरपालिकाका रामकृष्ण थारुलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गर्न खोजेका थारुलाई ईलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।