मकवानपुर, १३ साउन । तास खेलिरहेको अवस्थामा नगदसहित १० जना पक्राउ परेका छन् । मकवानपुर थाहा नगरपालिका डाँडा गाँउस्थित सुमन बिष्टको खाजा पसलमा तास खेलिरहेको अवस्थामा नगद १८ हजार ७ सय ६६ रुपैयाँ, ५ सय ८० भारतीय रुपैया र ३ बुक तास सहित १० जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिकाका महेश खत्री, राजन रायमाझी, हिरेन्द्र कुमार रायमाझी,सुमन बिष्ट, कृष्ण राम कार्की, राम कुमार खत्री, अनिल कार्की, अमर कुमार तामाङ, राम भक्त श्रेष्ठ र श्याम कृष्ण प्रधान रहेका प्रहरीले जनाएको छ ।
उक्त पसलमा तास खेलिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरीले जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको बताएको छ ।