Logo

आलिया भट्टको यो फोटो भाइरल



एजेन्सी, १३ साउन । बलिउड अभिनेत्री आलिया भट्ट केही समय देखि सामाजिक सञ्जालमा आफ्नो निजी जीवनको बारेमा अपडेट गरिरहेकी छिन् । भट्टले पछिल्लो दिनमा घरमा बसेर परिवारसँग समय बिताइरहेकी छिन् । आलियाले इस्टाग्राममार्फत परिवारसँग समय बिताएको सेयर गर्दै आएकी छिन् ।

आलियाले बाल्यकालको १ तस्वीर सेयर गरीन् उक्त तस्वीरलाइृ धेरै मानिसहरुले मन पराएका छन् । १२ लाख भन्दा धेरैले लाइक पनि गरेका छन् ।

बाल्यकालको उनको तस्वीरमा आलियाको क्युटनेसको सबैले खुलेर तारिफ गरिरहेका छन् । उनका फ्यानले मात्र नभएर बलिउडका कलाकारले पनि कमेन्ट गरेका छन् । वास्तवमा आलियाको ब्लाक एण्ड ह्वाइट फोटो वाल्यकालको हो । यो आलियको केहि वर्ष अघिको फोटो हो । जसमा उनी निकै क्युज देखिएकी छिन् ।

उक्त बाल्यकालको फोटो सेयर गर्दै आलियाले १२ लाख भन्दा धेरैले लाइक गरेको जानकारी दिएकी छिन् । अहिले सम्म यस फोटोमा बलिउड कलाकारहरु रणवीर सिंह, रितिक रोशन, शाहिन भट्ट, मनीष मल्होत्रा र दिपिका पादुकोणले समेत कमेन्ट गरी तारिफ गरेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot