Logo

रक्षा बन्धनको महत्वः राखी र सिकन्दरको कहानी



यो वर्ष रक्षा बन्धन साउन १९ गते सोमबार परेको छ । यस चाडमा बहिनीले आफ्नो दाजु भाईलाई राखी बाँधेर दाजु भाईको जीवन सुख–समृद्धिको कामना गर्ने गर्छन् । यसको बदलामा दाजु भाईले दिदी बहिनीको रक्षा गर्ने सकल्प लिने गर्छन् । रक्षा बन्धनसँग जोडिएका रोचक कहानीको बारेमा आज हामी चर्चा गर्छौं ।

पौराणीक कथाः कथा अनुसार मृत्युको देवता यमराज र यमुना भाई दिदी भाई थिए । एक पटक यमुना आफ्नो भाई यमराजलाई रक्षा सुत्र बाधेर लामो आयुको आर्शिवाद दिएकी थिइन् । त्यहीबाट यो परम्परा श्रावण महिनामा मनाइदै आएको छ ।

राजा इन्द्र र शुची- अर्को पौराणीक कथाअनुसार एक पटक राजा इन्द्र र दानवबीचमा भंयकर युद्ध चलिरहेको थियो । जसमा इन्द्रको पराजय हुन लागेको थियो । तब इन्द्रको पत्नी शुचीले गूरु बृहस्पती भने अनुसार इन्द्रलाई रक्षा सुत्र बाधिदिइन् । त्यहि रक्षा सुत्रको कारण राजा इन्द्रले दानवमाथी विजय प्राप्त गरेका थिए । त्यसबेला देखि रक्षा बन्धन चाडको रुपमा मनाउदै आएको हो ।

महाभारतमा राखीः महाभारत युद्धमा पांडवको जित सुनिश्चित गर्न श्रीकृष्णले युधिष्ठिरलाई सेनाको रक्षाको लागि सुत्र बाध्न सुझाव दिएका थिए । यसको साथै कुन्ती आफ्नो नाती अभिमन्यु र द्रौपदीले श्रीकृष्णलाई राखी बाधिदिएका थिए ।

ऐतिहासिक कहानी अनुसार नोबेल विजेता रवीन्द्र नाथ टैगोरले बंगाल विभाजनको क्रममा हिन्दु–मुस्लिमको बिचमा भाइचाराको भावनाको लागि रक्षा बन्धन मनाएका थिए । उनले हिन्दु र मुस्लिमलाई एक अर्कालाई राखी बाध्नको लागि प्रोत्साहित गरेका थिए । ताकि शान्ती होस् ।

राखी र सिकन्दरको कहानी अनुसारः राखीको कारण सिकन्दरको ज्यान बचेको थियो । सिकन्दर र हिन्दु राजा बिच युद्ध हुन गई रहेको थियो । सिकन्दरको पत्नीले हिन्दु राजालाई भाई मानेर राखी बाधिदिएकोले बहिनीलाई दिएको वचनको कारण सिकन्दरलाई जीवन दान दिएका थिए ।

राजा बली र देवी लक्ष्मीको कथाः एक पटक राजा बालीलाई भगवान विष्णुले आफ्नो प्रजाको रक्षाको लागि सँगै लैजान राजी भए । तर लक्ष्मी यसो गर्न चाहान्नथिन् । श्रावण पुर्णिमाको दिन लक्ष्मीले बाली राजालाई हातमा राखी बाधिदिएर आफ्नो उद्देश्य पछि मात्र बताएकी थिइन् । यसपछि बालीले भगवान विष्णुको घर छाडेर नजाने भएका हुन् । (धार्मिक ग्रन्थको आधारमा)



प्रतिक्रिया दिनुहोस्