काठमाडौं, १३ साउन । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले कोरोना भाइरसको सवल व्यवस्थापन र जनताको जीवन रक्षा गर्न माग गर्दै युवाहरूले सुरू गरेको सत्याग्रहमा ऐक्यवद्धता जनाएका छन । नेता सिंहले मंगलबार काठमाडौंको वसन्तपुरमा सत्याग्रह बसेका ‘इनफ इज इनफ’ समूहका युवाहरूलाई भेट गरी कोरोना नियन्त्रणका लागि गरिएको सत्याग्रहमा कांग्रेसको ऐक्यबद्धता रहेको बताएका हुन ।
युवाहरूले कोरोना नियन्त्रणका लागि राखेको जायज मागप्रति समर्थन रहेको र सत्याग्रहका लागि ऐक्यबद्धता जनाएको उनले बताए । उनले कोरोना संक्रमित बढ्दा पनि सरकार सचेत नभएको भन्दै मुलुकलाई अस्तव्यक्ततामा छाडेको बताए । सिंहले मुलुकभर पिसिआर परिक्षणको दायरा बढाउन सरकारको ध्यानाकर्षण पनि गरे ।
‘इनफ इज इनफ’ समूहका युवाहरू ११ दिनदेखि कोरोन रोकथाम तथा नियन्त्रणका लागि आरडिटी परीक्षण खारेज गर्न र पीसीआर परीक्षण गर्न माग गर्दै सत्याग्रहमा बसेको छन् । यसअघि सरकारले आफुहरुसंग गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरुले सत्याग्रहमा बसेका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम