Logo

प्रचण्डलाई झड्काः थापा रायमाझी र भट्टले छोडे साथ



काठमाडौं, १४ साउन । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व माओवादी समुहका नेताहरुले नै साथ छोडेका छन् । मंगलबार ओलीइतरका नेताहरुको सहभागीतामा बसेको नेकपाको स्थायी कमिटी बैठकमा सचिवालय सदस्य राम बहादुर थापा, स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र लेखरा भट्ट सहभागी भएनन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा २ जना आमन्त्रितसहित ३१ जना स्थायी कमिटी सदस्य सहभागी थिए ।

नेकपा स्थायी कमिटीमा अहिले ४४ जना सदस्य छन् । तर बैठकमा प्रचण्ड निकट मानिने केहि नेताहरु भने सहभागी भएनन् । बैठकमा रामबहादुर थापा, टोप बहादुर रायमाझी , लेखराज भट्ट र मणी थापा सहभागी भएनन् । अध्यक्ष ओली पक्ष नेताहरुले उक्त बैठकलाई प्रचण्ड, मााधव नेपाल र झलनाथ खनाल गुटको भेला भनेपनि प्रवक्ता श्रेष्ठले भने यसअघि तोकिएको बैठककै निरन्तरता भएको बताएका छन् ।

बैठकको पहिलो लहरमा प्रचण्ड, खनाल, नेपाल र वामदेव गौतम बसेका थिए । प्रचण्ड र खनालको कुर्सीकोबीचमा रहेको ओलीको कुर्सी भने खाली भएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्