वीरगञ्ज, साउन १४ । पर्साको वीरगञ्जमा बुधबार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परिक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ । संक्रमण पुष्टि हुनेमा बालबालिकासमेत रहेका छन् ।
कोरोना देखिएकामा नेपाली सेना, नेपाल प्रहरी र जेलमा रहेका कैदीबन्दी, जेलका कर्मचारी, अस्पतालमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मी रहेका छन् ।