Logo

सुनको मूल्य लाख नजीक



काठमाडौं, साउन १४ । नेपालका पछिल्लो समय सुनको मूल्यले नयाँ रेकर्ड कायम राख्दै गएको छ ।मंगलबार तोलामा ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको कारोबार मूल्य हालसम्मकै सबै भन्दा बढी हो ।

सुनको मूल्यले नयाँ रेकर्ड राख्दै जाँदा बुधबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य मंगलबार प्रतितोला १२ सय ४५ रुपैयाँ रहेको थियो ।

सुनको मूल्य बढ्दै गएपछि लकडाउन खुकुलो भएयता सुन किन्ने भन्दा बेच्नेहरु बढदै गएका छन् ।



प्रतिक्रिया दिनुहोस्