Logo

एक वर्षदेखि ओछ्यानमा थलिएकी युवतीको उद्धार



खोटाङ, साउन १४ । एक वर्ष अघिदेखि ओछ्यानमा थलिएकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित ओफ्लाङकी चीनमाया अधिकारी खत्रीलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ पठाइएको छ । घाँस काट्न गएको समयमा रुखबाट लडेर गम्भीर घाइते बनेकी १९ वर्षीया खत्रीलाई नगरउपप्रमुख विमला राईको पहलमा मङ्गलबार उद्धार गरेर उपचारका लागि गाडीमार्फत काठमाडौँ पठाइएको हो ।

रुखबाट लडेको दिनदेखि कम्मरमुनिको भाग चल्न छाडेपछि ओछ्यानमा थलिएकी उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएकाले उद्धार गरेर उपचारमा पठाइएको नगरउपप्रमुख राईले बताए ।

रुखबाट लडेर रुखमै अड्किरहेकी अवस्थामा चीनमायालाई स्थानीय बासिन्दाले उद्धार गरेर घरमा लगेकोमा उनी थला परेकी थिइन् । उद्धार गरेर घरमा पु(याउनासाथ ओछ्यान परेकी उनी एकाएक बोल्न छाडेकी थिइन् । पछि उनको कम्मरमुनिको भाग पूर्णरूपमा चल्न छोड्यो । उपचार गर्न ओखलढुङ्गा र काठमाडौँसम्म पु¥याइए पनि चिकित्सकले केही नभएको र ग्यास्ट्रिकको लक्षण देखिएको प्रतिक्रिया दिएका थिए ।

आर्थिक अवस्था कमजोर भएकै कारण उपचार नपाएर सिकिस्त बिरामी परेकी चीनमायाको जीवनरक्षाका लागि सबैको सहयोग आवश्यक रहेको उनका छिमेकी एवं नेपाली काँग्रेसका युवानेता राजकुमार राईले बताए । रासस



प्रतिक्रिया दिनुहोस्