Logo

आकाशमै तेल भर्न मिल्ने राफेल युद्धक विमान भारतमा भित्रदै



एजेन्सी, १४ साउन । आज भारतले पाँचवटा राफेल युद्धक विमान भित्राउँदैछ । फ्रान्समा निर्मित युद्धक विमान विशेष प्रकारको छ । यसले आकाशमै तेल भर्ने क्षमता राख्छ ।

फ्रान्सबाट भारत आउँदै गर्दा पाँचवटै राफेल युद्धक विमानमा आकाशमै तेल भरिएको भारतीय सञ्चारमाध्यमले तस्बिरसहित सार्वजनिक गरेका छन् ।

फ्रान्सेली तेल भरिएको ट्यांकर जडित विमानले ३० हजार फिट उचाईमा राफेल युद्धक विमानलाई तेल भरिदिएको थियो । सोमबार फ्रान्सबाट उडेको राफेल बुधबार दिउँदा भारतमा उत्रने तय भएको छ । यसले सात हजार किलोमिटर दुरी पार गर्नेछ ।

भारतको हवाई सैनिकका लागि ल्याएको युद्धक विमान भारतीय पाइलटले नै उडाएर ल्याइरहेका हुन् । भारतले फ्रान्ससँग युद्धक विमान खरिदको सम्झौता गरेपछि उत्पादन गरी हस्तान्तरण गरेको हो । थप विमानहरु अबको केही महिनाभित्र भारतमा पुग्नेछन् ।

Photo: Agency



प्रतिक्रिया दिनुहोस्