Logo

महाकाली र कर्णाली उर्लियो, चार जिल्लामा बाढीको खतरा



बर्दिया, १४ साउन । भारी वर्षाका कारण महाकाली र कर्णाली नदी उर्लिएको छ । दुई नदीबीचका साना र ठुला नदी पनि जोखिम बढेको छ ।

नेपाल बाढी सूचनाले डडेलधुरा र कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा बस्नेहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैगरी, कैलाली, कञ्चनपुर र बर्दियाको सबै साना नदी तटीय क्षेत्र र कर्णालकिो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।

 

जिल्ला प्रशासन कार्यालय बर्दियाले आज विज्ञप्तिमार्फत् आज कर्णाली तथा साना नदीहरुको तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । कर्णाली नदी उर्लिएपछि प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सुचना जारी गर्दै यस्तो अनुरोध गरेका हुन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot