Logo

ऋषि धमलाद्वारा सोती घटनाका पीडित परिवारलाई दश हजार सहयोग



काठमाडौं, १४ साउन । रुकुमको सोतीमा छ जना युवाको ज्यान जाने गरी भएको घटनाका पीडित परिवारलाई रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले दश हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा उनले जाजरकोटको भेरी नगरपालिकाका मेयर सीपी घर्तीलाई रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै धमलाले देशबाट जातीय विभेद अन्त गर्नैपर्ने बताए । उनले जातीय विभेद समाजको सबैभन्दा खतरा रहेको उल्लेख गर्दै यसको अन्त नभएसम्म समाज अगाडि बढ्न कठिन हुने बताए । उनले देशमा विभेदको कुनै अंश बाँकी रहन नहुने र त्यसका लागि आफूले सधै आवाज उठाइरहने बताए । धमलाले भने, ‘देशमा जातीय विभेद अन्त हुनैपर्छ, त्यसका लागि सबैले आफ्नो स्थानबाट भुमिका निभाउनुपर्छ ।’ उनले दोषीले उन्मुक्ति पाउन नहुने र कडाभन्दा कडा कारबाही गर्नुपर्ने आवाज उठाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot