भक्तपुर, १४ साउन । चोरीमुद्दाका फरार अभियुक्त प्रेम बहादुर विकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । समुह नकबजनी चोरी मुद्दाका फरार अभियुक्त भक्तपुरमा बस्दै आएका सिन्धुपाल्चोक घर भएका विक पक्राउ परेका हुन् ।
जिल्ला अदालत भक्तपुरको २०७५ असोज १४ गतेको फैसलाले २ लाख ९ हजार ३ सय ८४ रुपैयाँ जरिवाना भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । बिकलाई फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाएको उक्त परिसरले जनाएको छ ।