Logo

जुवाडे पक्राउ



काठमाडौं, १४ साउन । तास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोलुखुम्बु, सोताङ गाउँपालिकाका गणेश राईको घरमा जुवातास खेलिरहेका दुर्गा प्रसाद राई लगायत ४ जनालाई नगद १४ लाख ६५ हजार रुपैयाँ, २९ लाख रुपैयाँको ४ थान बैंक चेक र तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

तास खेलिरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै कास्की, पोखरा लामाचौर ठुलीपोखरका सुनिल गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ लगायत ७ जनालाई नगद ४३ हजार ३ सय १५ रुपैयाँ र ४ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot