Logo

प्रलोभन देखाई र्दुव्यवहार गर्ने पक्राउ



मकवानपुर, १४ साउन । प्रहरीमाथि र्दुव्यवहार गर्ने चालक तथा सहचालकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । हेटौंडा स्थित रातोमाटे चेकपोस्टमा प्रहरीलाई आर्थिक प्रलोभन देखाई र्दुव्यवहार गर्ने सवारी साधनका ९ जना चालक तथा सहचालकहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा बा.१५ च ६२३ नम्बरको पिक अप गाडीका चालक काठमाडौंका कर्म थापा, बा.८ च ४३४ नम्बरको पिकअप गाडीका चालक रौतहट मौलापुरका शंकर साह, सह–चालक सोही नगरपालिका बस्ने १८ वर्षीय किशोर, ना.१ ज ८६२३ नम्बरको सुमो गाडीका चालक रौतहट गुजरा नगरपालिका(५ बस्ने २३ वर्षीय महमद सदरे आलम, ना.४ च ५९४१ नम्बरको पिकअप गाडीका चालक रौतहट मौलापुरका नितेश कुमार झा, प्रदेश ३–०१–००५ ख ९२४५ नम्बरको बसका चालक रौतहट चन्द्रपुरका उमेश कुश्वार रहेका छन ।

यसैगरी पक्राउ पर्नेमा ना.५ ख ३५१५ नम्बरको ट्रकका चालक रौतहट चन्द्रपुरका बिर्ख बहादुर यसमाली, ना.४ च २३४० नम्बरको पिक अप गाडीका चालक बारा पर्सौनी प्रमोद मुखिया र ग.१ ख ९७१७ नम्बरको बसका चालक धनकुटा बेलाहाराका बिनोद नेपाली रहेका छन् ।

अति आवश्यक सामग्री तथा पाठयपुस्तक ढुवानी लेखिएको टाटा पिक अप गाडीमा त्रिपालले छोपेर गाडीभित्र पास नभएका मानिस राखी ल्याउदै बिना गरेको चेकिङ टोलीले देखेपछी गाडी छोड्न भनी प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार समेत गरेपछि ती गाडीका चालक तथा सहचालकहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुमध्ये थापाले ५ सय, साहले ३ सय, सहचालक किशोरले २ सय, आलमले ५ सय, झाले ५०, कुश्वारले ३ सय, यसमालीले १ सय रुपैयाँ दिन खोजेका र नेपालीले १ हजार रुपैयाँ नगद दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

उनीहरुमाथि सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्