Logo

९ लाख घुस काण्डमा सिंचाई डिभिजन खोटाङका प्रमुखमाथि अख्तियारको मुद्दा



काठमाडौ, १४ साउन । सिंचाई विकास डिभिजन कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठमाथि अख्तियारले भष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेल, खोटाङका डिभिजन प्रमुख श्रेष्ठले निर्माणाधिन सिंचाई परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस माग मागेको सुचनाको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा श्रेष्ठले सेवाग्राहीको ठेक्काको दोस्रो रनिङ बिल भुक्तानीको लागि रकमको अभाव भएको र भुक्तानी अंकको १० प्रतिशतले हुने रकम दिए मात्र रकम छिटो निकाशा गरी भुक्तानी दिन सकिने भनी सेवाग्राहीसँग ९ लाख ३४ हजार घुस लिएको तथ्य पुष्टि हुन आएको थियो ।

उनलाइृ कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारको प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्