Logo

विराटनगर र वीरगञ्जमा थप दुई सङ्क्रमितको मृत्यु, बुधबार मृतक सङ्ख्या तीन पुग्यो



वीरगञ्ज, १५ साउन । वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा बुधबार बिहान ३ बजे मृत्यु भएका ७० वर्षीय पुरुष व्यक्तिमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बुधबार बिहान ३ बजे मृत्यु भएका ती व्यक्तिमा पनि कोरोना सङ्क्रमण देखिएको पुष्टि गर्नुभयो ।

यसअघि नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा बुधबार बिहान पौने ११ बजे एकजना उपचाररत सङ्क्रमितको मृत्यु भएको थियो ।यसरी बुधबार पर्साको वीरगञ्जमा मृत्यु हुने सङ्क्रमितमा वीरगञ्ज ६, गहवाका ७० वर्षीय पुरुष र वीरगञ्ज ५, रेशमकोठी ६८ वर्षीय पुरुष रहेका छन् । गहवाका मृतकको बुधबार बिहान ३ बजे मृत्यु भएपनि पीसीआर रिपोर्ट कोरोना पोजेटिभ भनी साझ मात्र आएको थियो भने अर्का बुधबार बिहान पौने ११ बजे मृत्यु भएका ६८ वर्षीय व्यक्ति भने कोरोना सङ्क्रमण पुष्टि भएर पाँच दिनदेखि गण्डक अस्थायी कोभिड विशेष अस्पतालका उपचाररत हुनुहुन्थ्यो ।

नेशनल मेडिकल कलेजको आकस्मिक कक्षमा नै मृतकको शव राखिएको र शव व्यवस्थापनको लागि नेपाली सेनाको जिम्मा लगाइएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। मदनकुमार उपाध्यायले बताउनुभयो । त्यस्तै, गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा मृत्यु भएका ६८ वर्षीय सङ्क्रमितको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको अस्पतालका कोअर्डिनेटर डा। उदयनारायण सिंहले जानकारी दिनुभयो । मङ्गलबार वीरगञ्जबाट पाँच जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भएको अस्पतालका कोर्डिनेटर डा। सिंहले जानकारी दिएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्