पाल्पा, १५ साउन । पुर्वी पाल्पाको रामपुर नगरपालिकामा पितृ प्रसादका रुपमा पाउडर दुधको खीर खाँदा विरामी परेकाहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार जारी छ । प्रसादका रुपमा खीर खाएका रामपुर नगरपालिका ७ मोहटी गाउका ६४ जना विरामी परेका हुन । सोमवार रामपुर नगरपालिका ७ मोहटीका मान बहादुर सुनारको १३ औं दिनको पुन्य तिथिमा सहभागी आफन्तहरुले प्रसादको रुपमा खिर खाँदा उनीहरु विरामी परेका हुन ।
अहिले खिर खाई विरामी भएका मध्ये १० जना रामपुर अस्पतालमा र ५४ जना लुम्विनी मेडिकल कलेजमा उपचाररत रहेका छन । विरामीमा टाउँको दुख्ने,ज्वारो आउने,पेट दुख्ने,वान्ता हुने रिगंटा लाग्ने लगायतको समस्या देखिएको लुम्विनी मेडिकल कलेजमा उपा्चाररत विरामीहरुले बताएका छन । विरामीका अनुसार भोजमा सय भन्दा वढीले प्रसाद खाएका थिए र खाएका मध्ये अधिकांश विरामी परेका खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।