काठमाडौं, साउन १५। चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण ६ लाख ७० हजार दुई सय एक जनाको मृत्यु भएको छ ।
त्यस्तै, विश्वभर एक करोड ७१ लाख ८७ हजार चार सय नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसार हालसम्म एक करोड ६९ लाख सात हजार नौ सय ७९ जनाले कोरोना जितेका छन् ।
हालसम्म कोरोनाबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ। डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र एक लाख ५३ हजार आठ सय ४० जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।
त्यस्तै,ब्राजिलमा ९० हजार एक सय ८८, भारतमा ३५ हजार तीनले कोरोनाबाट गुमाईसकेका छन् ।