Logo

बामदेव गौतमका बोल्ड निर्णयहरु: जुन राष्ट्र राष्ट्रियता र पार्टीको हितमा



शैलेन्द्र राउत: नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम हक्की स्वभावका हुनुहुन्छ । जे हो प्रष्ट बोल्ने उहाँ कुटिल राजनीतिबाट पर रहनुभयो । जस्तोसुकै चुनौतीको सामना गर्नुपरेपनि राष्ट्रियताको पक्षमा चट्टानी अडान लिएर बस्नुभयो । उहाँले महाकाली सन्धी राष्ट्रघाती थियो भनी अडान लिंदा ठुलो राजनीतिक मुल्य चुकाउनुपर्यो । तर, जुन कदम र विचार राख्नुभयो त्यो प्रमाणित भएको छ । उहाँ सही हुनुहुन्थ्यो भन्ने समयले पुष्टि गरेको छ । जसले बामदेव गौतमको कदम उचो बनाएको छ ।

बामदेव गौतमसँग पंक्तिकार शैलेन्द्र राउत

उहाँले अहिले नेकपा फुट्न नदिन छ बुँदे प्रस्ताव सार्वजनिक गर्नुभएको छ । देश, जनता र पार्टीका लागि आफ्नो इच्छालाई समेत तिलाञ्जली दिएर कदम चाल्नुपर्छ भन्ने भावनाका साथ उहाँ प्रस्तुत हुनुभएको छ । यसरी विगत देखि वर्तमानसम्म उहाँले चालेका केही कदमहरुबारे प्रकाश पार्न चाहेको छु । मैले देखेको र भाेगेका बामदेव गौतमका सही निर्णयहरु जसले राष्ट्र राष्ट्रियता र पार्टीको हित हुने देखिन्छ ।
1.महाकाली सन्धी राष्ट्रघाती भनेर पार्टीभित्र अन्तिमसम्म समयसम्म लडिरहनु भयो
2. 2054 सालको स्थानीय निर्वाचनमा पार्टीलाई दुई तिहाई जिताउन महत्वपूर्ण भूमिका खेल्नुभयो
3. महाकाली सन्धी विवाद उत्कर्षमा पुगेर पार्टीले कारबाही गरेपछि नेकपा माले गठन गर्नुभयो तर छिट्टै मूल पार्टीमा नै फर्किनुभयो
4. 2059 सालमा विद्रोही माओवादीका नेता प्रचण्डसँग गएर भारतमा तथा नेपालको रोल्पा-रुकुम पुगेर सम्झौताका लागि वार्ता गर्नुभयो
5. 2060 सालमा देश अब गणतन्त्रमा जानुपर्छ भन्नुभयो तर पार्टीले कारबाही गर्यो तर पनि 2063 सालमा त गणतन्त्र आइनै हाल्यो ।
6. पहिलो संविधानसभाको चुनावमा एमाले र माओवादी मिलेर चुनाव लड्नु पर्छ भन्ने प्रस्ताव तत्कालीन महासचिव माधव नेपालसँग राख्नुभयो तर इन्कार गरियो । पहिला 50 % 50% कुरा थियो अन्तिममा 35% समेत माओवादी मानेका थिए तर तत्कालीन नेतृत्वले बुद्धि पुर्याउन सकेन।
7 पहिलो संविधानसभाको चुनावमा नेकपा एमाले तेस्रो दल भएपछि तत्कालीन महासचिव माधवकुमार नेपाल नैतिकता देखाउँदै राजिनामा दिने र कार्यवहाक महासचिवको जिम्मेवारी कमरेड अमृतकुमार बोहरा दिने प्रयास गर्नुभयो तर वामदेव गौतम त्यो खबर थाहा पाउनेबित्तिकै तुरुन्तै बर्दियाबाट काठमाडौँ आएर तपाईले राजीनामा दिनुपर्छ र कार्यबाहक महासचिवकाे जिम्मेवारी झलनाथ खनाल लाई दिनुपर्छ भनेर अडान लिनु भयो।
8. आठौं महाधिवेशनमा झलनाथ खनाललाई अध्यक्ष बनाउनु भयो।
9. माधव नेपालको राजीनामा पश्चात झलनाथ खनाललाई माओवादीको समर्थनमा प्रधानमन्त्री बनाउनु भयो ।
10. दोस्रो संविधानसभाको चुनाव पछि नेकपा एमाले संसदीय दलको नेतामा कमरेड केपी शर्मा ओलीलाई बामदेव गौतमले सहयोग गरी संसदीय दलको नेता बनाउनुभयो
11. दोस्रो संविधानसभाको चुनाव पश्चात नेकपा एमाले दोस्रो शक्तिमा आएपछि सुशील कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्रीमा सहभागी हुनुभयो ‌। कोइराला नेतृत्वको सरकारको मुख्य काम माघ 7 गतेसम्म संविधान जारी गर्ने थियो । तत्कालीन संविधानसभामा रहेका नेकपा माओवादी र मधेसकेन्द्रित दलहरु जातीय राज्यको पक्षमा उग्ररुपमा लागेका थिए त्यो देखेर प्रधानमन्त्री सुशील कोइरालाले समेत उपप्रधानमन्त्रीको हैसियतमा बामदेव गौतमलाई बालुवाटारमा बोलाउनुभयो र जसरी पनि संविधान जारी नै गर्नुपर्ने हुन्छ त्यसैले अब 9 देख्नु 11 वटा जातीय आधारमा प्रदेशको बनाउने छलफल चलाउनु भयो तर बामदेव गौतमले यो कुरा मलाई स्वीकार छैन म पार्टी अध्यक्ष र पार्टीमा छलफल गर्छु गराउँछु भनेर तुरुन्तै अध्यक्ष केपी ओली निवास बालकोट पुगेर कुरा राख्नुभयो र पार्टी अध्यक्ष केपी ओलीले पनि यो कदापी नेकपा एमालेले पनि स्वीकार गर्नु हुँदैन भन्नुभयो र माघ 7 गते संविधान जारी हुन सकेन देश द्वन्द को स्थिति मा जादै थियो 2072 साल वैशाख 12गते महाभूकम्प आयो देशमा ठूलो धनजनको क्षति भयो। यसै क्रममा नेकपा-माओवादीका अध्यक्ष कमरेड प्रचण्ड र उपप्रधान मन्त्री बामदेव गौतमको पटकपटक भेटघाट तथा छलफल बाक्लियो । वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका अध्यक्ष तथा प्रधानमन्त्री सुशील कोइरालासँग पटक-पटक यसबारेमा छलफल चलाउनु भयो र प्रचण्ड पनि संविधान जारी गर्न तयार हुनुभयो । तर तराई केन्द्रित दल तथा छिमेकी राष्ट्रहरुले त्यसमा असन्तुष्टि जनाए तापनि असोज 3 गते संविधान जारी भयो सायद हप्ता 10दिन ढिलो गरेको भए संविधान बन्दैन थियो होला ।
12. सुशील कोइरालाको राजीनामा पश्चात नेकपा-माओवादीको र नेकपा एमालेको सरकार ओली नेतृत्वमा बनाउनकोलागि वामदेवले निर्णयक भूमिका खेल्नुभयो।
13. ओली प्रचण्डकाे सहमतिअनुसार सरकार आलोपालो चलाउने कुरा थियो तर दुर्भाग्य बिचमै तुहियो।
14. फेरि वामदेव गौतमले गत स्थानीय चुनाव देखिनै नेकपा माओवादी र एमाले सक्दा एकीकरण गर्न नभएपनि एकता गरी चुनाव लड्छु भन्ने प्रस्ताव नेतृत्व समक्ष राख्नुभयो तर स्थानीय चुनावमा सम्भव भएन। नेकपा एमाले एक्लै चुनावी मैदानमा र नेकपा-माओवादी र कार्य शुरु गठबंधन बन्यो।
15. नेकपा एमाले र नेकपा माओवादी एकताको प्रस्ताव कमरेड वामदेव गौतमले ओली र प्रचण्ड सामु राख्नुभयो र एकता सम्भव भयो ।
16. आज फेरी एकीकृत नेकपा फुट्ने हो कि भन्ने आशंकालाई चिर्दै उहाँले पार्टी एक ढिक्का बनाउनको लागि छबुँदे प्रस्ताव राख्नुभएको छ । मलाई लाग्छ यी माथिका बुदाहरु सम्झिए पछि वामदेव गौतमले सोचेका र चालेका कदमहरु ठिक दिशा र गतिमा गइरहेको छ भन्ने लागेको छ। (राउत नेकपा ललितपुर जिल्ला कमिटी सदस्य हुन्, यो उनको व्यक्तिगत विचार हो)



प्रतिक्रिया दिनुहोस्

Screenshot