Logo

कुरिनटारमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध



चितवन, १५ साउन: पृथ्वीराजमार्गअन्तर्गत कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ८ः५५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

निरन्तरको वर्षाले पहिरो झर्दा सडक दुईतर्फी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार वर्षा भइरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न सकिएको छैन । पहिरो पन्छ्याउन केही समय लाग्ने जनाइएको छ ।रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot