Logo

१५ किलो सुनकाण्डः तीन अभियुक्त पक्राउलगत्तै प्रयोग गरिएको गाडी बरामद



काठमाडौं, १५ असार । कमलादीमा बरामद भएको १५ केजी सुन जस्तै धातुको काण्डले नयाँ मोड लिएको छ । घटनामा प्रयोग गरिएको स्कर्पियो गाडी ललितपुरको नखिपोटमा बन्दै गरेको घरमा लुकाइएको अवस्थामा फेला परेपछि यसले नयाँ मोड लिएको हो ।

प्रहरीले अनुसन्धानका क्रममा फरार भनिएका तीनजनालाई नवलपरासीबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरुमा देवानसिंह पटेल, मिदेश सकिया र सञ्जल पटेल छन् । उनीहरु बिहिबाट पक्राउ परेका थिए ।

चेकजाँचका क्रममा रोक्दा अभियुक्तहरुले मंगलबार गाडी कुदाएका थिए । उक्त गाडी नखिपोटमा भेटियो ।

घटनामा बरामद भनिएको १५ केजी धातुमा आधा केजी मात्र सुन भएको प्रहरीले जनाएको थियो । यसले आशंका बढाएको थियो ।

अभियुक्तले सुन, दुई थान पेस्तोल फालेर भागेको विषय बाहिर आएको थियो । तर, यसले आशंकाहरु बढाइदिएको थियो ।

सुनकाण्डको गहिरो अनुसन्धान भइरहेको छ । विगतमा नेपाल प्रहरीले ३३ किलो सुनकाण्डको अनुसन्धान गर्दा पनि धेरै आशंका उठ्ने गतिविधि भएको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्