Logo

लकडाउन अवधिको भाडा तत्काल नउठाउन सर्वोच्चको आदेश



काठमाडौं, १५ साउन । सर्वोच्च अदालतले लकडाउन अवधिको भाडा तत्काल नउठाउन आदेश दिएको छ । आज न्यायाधीशहरु तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलाशले अन्तरिम आदेश जारी गरेको हो ।

नाई संघका गजेन्द्र ठाकुरले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले लकडाउन अवधिभरको भाडा तत्काल नउठाउन आदेश दिएको हो । ठाकुरले २१ असारमा लकडाउन अवधिको घर तथा पसलको भाडा नउठाउन माग गर्दै रिट दायर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot