Logo

नेटवर्किङ व्यवसायबारे अध्ययन गर्न उपसमिति गठन



काठमाडौं, १५ साउन । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसायसम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिको आज बसेको बैठकले सदस्य सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा कृष्णकुमार श्रेष्ठ, प्रकाश रसाइली, अमृता अग्रहरि र सरिता देवी गिरी सदस्य छन् । समितिलाई नेटवर्किङ व्यवसायसम्बन्धी अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तुको प्रत्यक्ष बिक्री ९व्यवस्थापन तथा नियमन० सम्बन्धी ऐन, २०७४ तथा नियमावली, २०७६ अनुसार केही नेटवर्किङ व्यवसायलाई अनुमति दिएको छ ।

नेटवर्किङ व्यवसायका कानूनी हैसियतका बारेमा प्रश्न उठेपछि समितिले वास्तविकता पत्ता लगाउन उपसमित गठन गरेको हो । नेटवर्किङ व्यवसायको नाममा फेरि पनि उपभोक्ता ठगिन सक्ने सम्भावना बढेको सरोकारवालाले जिकिर गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्