Logo

आज कहाँ–कहाँ बर्षा ?



काठमाडौं, साउन १६ । मनसुनी न्यून चापीय रेखा सक्रिय भएका कारण देशभरको मौसममा सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ।

देशभर मनसुनी वायुको प्रभाव कायमै रहदाँ पुर्वी तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ ।

विभागका अनुसार शुक्रबार दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागद्वारा जारी मौसमी बुलेटिनमा उल्लेख छ ।

त्यस्तै आज राती देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ ,बागमती प्रदेश ,गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको बिभागले जनाएको छ ।

सक्रिय मनसुनका कारण मुख्य तथा सहायक नदीमा बहाव उच्च रहने भएकाले सर्तकता अपनाउन समेत विभागले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्