Logo

जात्रा पर्वमा भीडभाड नगर्न आग्रह



काठमाडौं, साउन १६ । काठमाडौं महानगरपालिकाले उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा भीड नगर्न आग्रह गरेको छ ।

पछिल्ला समय उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गइरहेको छ भने जात्रा र पर्वको समय पनि शुरु भएको छ ।

यो हाम्रा लागि चुनौतीपूर्ण समय हो”, कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भने, “शुरुका दिनमा महानगर र समग्र उपत्यकावासीले नै लकडाउनको पूर्ण पालना गरी उपत्यकालाई शान्त बनाउनुभयो, लकडाउन खुकुलो भएसँगै उपत्यका बाहिरबाट भित्रिनेको सङ्ख्यामा वृद्धि हुँदा जोखिम बढेको छ । यस्तो बेलामा हामी सबैले सतर्कता अपनाउनुको अर्को विकल्प छैन ।” बिहीबार सम्पन्न कामपाको ५०औँ कार्यपालिका बैठकले बिभिन्न प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो ।रासस



प्रतिक्रिया दिनुहोस्