Logo

कोरोना संक्रमित अभिषेक बच्चनले अस्पताल भित्रको तस्वीर सेयर गरे



एजेन्सी, १६ साउन । बलिउड अभिनेता अभिषेक बच्चन अहिले मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । अभिषेकको अस्सपतालमा कोरोनाको उपचार चलिरहेको छ । अभिनेता बच्चनले १४ जुलाईमा आफैले आफूलाई कोरोना भएको जानकारी दिएपछि नानावटी अस्पतालमा भर्ना भएका हुन् । अस्पतालमा बस्दै आएका अभिषेकले सामाजिक सञ्जालमा तस्वीर सेयर गरेका छन् । उनले अस्पताल भित्रको तस्वीर सेयर गरेका हुन् ।

अभिषेकले सेयर गरेको तस्वीर अस्पतालको करिडोरको हो । उक्त फोटोमा अभिषेकलाई पनि देख्न सकिन्छ । सुनसान कोरिडोरको फोटोमा बत्ती बलिरहेको देख्न सकिन्छ र कोही पनि अरु मानिस छैनन् । अभिषेकले तस्वीर सेयर गर्दै लेखेका छन्, ‘सुरुंगको अत्न्यमा एक उज्यालो ।’

यस फोटोमा श्रेता, फराह खान, मनीष पाल, सोनाली बेन्द्रेले गेट वेल सुन भनेका छन् । उनले अर्को फोटो सेयर गरेका छन् जसमा अस्पतालको बाहिर देख्न सकिन्छ । यस तस्वीरमा घाम डुबेको देखिन्छ ।

अभिषेक जुन अस्पतालमा छन् उक्त अस्पतालमा अमिताभ पनि भर्ना छन् । उनको पनि कोरोनाको उपचार चलिरहेको छ । केहि दिन पहिले ऐश्वर्या र आराध्या पनि नानावटी अस्पतालबाट डिस्र्चाज भएका हुन् । उनीहरुको डिस्चार्जको जानकारी अभिषेक आफैले दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot