Logo

यी हुन् कोरोना भाइरसबाट मृत्यु पुष्टि भएका चार वीरगञ्जवासी (विवरणसहित)



काठमाडौं, १६ साउन । नेपालमा कोरोना भाइरसबाट एकैपटक चारजनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हिजो र आज कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको विवरण प्रस्तुत गरेका हुन् ।

मृत्यु हुनेहरु चारैजना जिल्लाको वीरगञ्ज महानगरपालिकाका स्थायी बासिन्दा हुन् । उनीहरुमध्ये तीनजना पुरुषको हिजो र एकजना महिलाको आज मृत्यु भएको हो । पर्सा घर भई ललितपुर बसेकी महिलाको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको डा. गौतमले जानकारी दिए ।

आजसहित मृत्यु हुनेको संख्या ५६ पुगेको छ । सबैभन्दा बढी पर्सामा मृतक संख्या बढेको छ । त्यहाँ महामारी डरलाग्दो बनेको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएका
१. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ५६ वर्षीय पुरुषको १५ साउनको राति निधन भएको । मुटुको रोगी उनको आइसियु र भेन्टिलेटरमा राखेर उपचार गरिएको । ६ साउनमा कोरोना पुष्टि भएपछि ७ साउनमा गण्डक अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको । मृत्युका समयमा अक्सिजनको कमी भएको । १६ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
२. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय पुरुषको गण्डक अस्थायी अस्पतालमा १५ साउना निधन । ५ साउनमा निजी क्लिनिक हुँदै तराई अस्पतालमा भर्ना भएका । १३ साउनमा स्वास्थ्यमा निकै समस्या आएपछि परीक्षणका क्रममा १५ साउनमा कोरोना पुष्टि भएको । १६ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
३. पर्सा जिल्ला वीरगञ्ज को छपकैयाका ६५ वर्षका पुरुषको १५ साउनको विहान निधन भएको । मृत्युपश्चात् दिउँसा स्वाव परीक्षण हुँदा कोरोना पुष्टि भएको । १६ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
४. पर्सा जिल्ला वीरगञ्ज ११ घर भई थलिखेल ललितपुर बस्ने वर्ष ६५ की महिलाको पाटन अस्पतालमा १६ साउनमा मृत्यु भएको । मधुमेह तथा प्रेसरको विरामी ६ साउनमा पाटन अस्पतालमा भर्ना भएकी । ज्वरो खोकीलगायत स्वास्थ्यमा समस्या भई उपचारको लागि स्टार अस्पतालमा भर्ना भएकी उनको ६ साउनमा कोरोना पुष्टि भएपछि पाटन अस्पतालमा रेफर गरिएको । १६ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको



प्रतिक्रिया दिनुहोस्