Logo

बाढी पहिरो पीडितलाई राप्रपा अध्यक्ष राणाद्वारा सात लाख सहयोग



काठमाडौँ, १६ साउन: सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रमा आएको बाढी पहिरोले क्षति पु¥याएका पीडित परिवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सहयोग गरेको छ ।

बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर राणाको तर्फबाट जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोशी तथा जुगल गाउँपालिकाका पीडित र विस्थापित परिवारलाई रु छ लाख ७५ हजार बराबरको राहत सहयोग उपलब्ध गराइएको हो । राप्रपाले पीडितलाई राहतस्वरूप रकम, खाद्यान्न र लत्ताकपडा वितरण गरेको हो ।

राहत वितरण कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य बाबुराम खड्का, केन्द्रीय सदस्य यसमिन ढुङ्गाना, महिला सङ्गठनका महासचिव कुमारी तामाङ र जिल्ला अध्यक्ष गोपाल श्रेष्ठलगायतकोे उपस्थिति थियो ।-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot