Logo

कोरोनाले दुर्घटना निम्त्याउँदैछ, हेलचेक्र्याई नगरौँ : स्वास्थ्य मन्त्रालय(भिडियोसहित)



साउन १६, काठमाण्डौ । सरकारले नेपालमा कोरोना संक्रमणको महामारी सुरु भएको ठहर गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आमसभा, सभा तथा धेरै भिडभाड हुन थालेको भन्दै त्यसलाई दुखद भनेको छ । मन्त्रालयले त्यस्ता कार्यक्रम नगर्न आग्रह पनि गरेको छ । काठमाण्डौ उपत्यकामा संक्रमितको संख्या बढिरहेको निष्कर्ष निकाल्दै मन्त्रालयले स्वास्थ्य सतर्कता अपनाउन आग्रह पनि गरेको छ ।

नागरिकले देशभरका ठूला सहर र नाकामा सतर्कतान नअपनाइएको भन्दै जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउन सने चेतावनी पनि मन्त्रालयले दिएको छ । भारतबाट २१ जना कामदार ओखलढुंगा लगिएको र तिमध्ये १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिदै मन्त्रालयले जोखिम बढेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण बढ्दै गएको खण्डमा उपचारका लागि समयसमेत नपाउने चेतावनी पनि दिएका छन् ।

भारतमा संक्रमण तीब्र रुपमा बढिरहँदा नेपालमा पनि जोखिम भएको गौतमले बताए । नेपालसँग जोडिएका भारतका उत्तारान्चल, उत्तरप्रदेश, विहार र वेस्ट बंगाल गरी चार प्रदेशमा संक्रमण बढ्दा नेपालमा पनि जोखिम बढेको गौतमले बताए ।

वीरगंजमा मात्रै २८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको भन्दै गौतमले उच्च सतर्कता अपनाउनुको विकल्प नभएको बताए ।

पछिल्लो विवरण :
नेपालमा बितेको २४ घण्टामा २२४ जनामा कोरोना भाईरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । उक्त संख्यामध्ये काठमाण्डौ उपत्यकामा मात्रै ३८ जना रहेको छ । काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । संक्रमितमध्ये ५६ जनाको मृत्यु भएको छ । आज मात्रै ४ जना मृतक थपिएका हुन् । मृत्यु भएकामध्ये तीन जना पुरुष पर्साका र १ जना ललितपुरकी महिला रहेकी छिन् ।

पछिल्ला दिनमा दैनिक दुई देखि चार जनाको मृत्यु भइरहेको छ । कुल संक्रमित मध्ये ७२.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका छन् । आज १ सय ५१ जना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको कूल संख्या १४ हजार ३ सय ९९ पुगेको छ । ५ हजार ३ सय १६ सक्रमितको उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ । यो एकैदिन गरिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा धेरै परिक्षण संखया हो । हालसम्म ३ लाख ७५ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण भएको छ ।



प्रतिक्रिया दिनुहोस्