Logo

शिवका कारण सबै धर्मको उत्पत्ति



शिव त जगतको गुरु र परमेश्वर हुन् । मान्यता अनुसार सबै भन्दा पहिला उनले आफ्नो ज्ञान सप्त ऋषिलाई दिएका थिए । सप्त ऋषिने शिवसँग ज्ञान लिएर फरक–फरक दिशामा फैलाए र धर्तीको कुना कुनामा शैव धर्म, योग र ज्ञानको प्रचार–प्रसार गरे । यी सात ऋषिले कुनै व्यक्तिलाई छाडेनन् । जसको शिव कर्म, परम्परा आदीको ज्ञान सिकाएनन् । आज सबै धर्ममा उनैको झलक देख्न सकिन्छ । यसको साथै शिवको परिवारमा माता पार्वती, गणेश, कात्र्तिकेय र उनका गणहरु सम्पुर्ण विश्वमा नै आफ्नो धर्मको पालन गरिरहेका छन् ।

सप्तर्षी हुन शिवको मुल शिष्यः भगवान शिवकको पहिलो योगी हुन् र मानव स्वभाव को सबैभन्दा धेै सम्झने उनी नै पहिलो हुन् । उनले आफ्नो ज्ञानको विस्तार गर्न ७ ऋषिलाई छानेका थिए र उनले सातै जनालाई फरक–फरक विषयमा ज्ञान दिएका थिए, जो योगको ७ प्रकारका ज्ञान दिए । पछि उनीहरु नै बाट अन्य शाखा भएका थिए । पतञ्जलीमा ३ सय इसा पुर्वमा २ सय सुत्रमा पुरै योगको शास्त्र समेटिदिएका थिए ।

बौद्ध साहित्यः बौद्ध साहित्यका ख्यातिप्राप्त विद्धान प्रोफेसर उपासकले शंकरले नै बुद्ध को रुपमा जन्म लिएको मानेका छन् । उनले बताएअनुसार बुद्धको प्राचीन ३ नाम छन्, जसमा तणंकर, शणकंर र मेघकंर । यसरी पश्चिमको संस्कृति र धर्मको पनि भगवान शिवले ने स्पष्ट रुपमा प्रभावित गरेका हुन् । शिवको एक शिष्यले पश्चिम दिशामा गएर शिवको धर्मको जग बसालेका थिए कालान्तरमा नाम र स्वरुप बदलीदै गयो ।

ऋग्वेदमा वृषभदेवमा वर्णन गरिएको छ, जैनियोका पहिलो तीथकर ऋषभनाथ चिनिए । उनलाई आदीनाथ पनि भनिन्छ । र शिवलाई पनि आदीनाथ भनिएको छ । शिव पछि मुलतः एक परम्पराको शुरुवात भयो जुन अगाडी शैव, सिद्ध, नाथ, दिगम्बर र सुफी सम्प्रदायमा विभक्त भएको थियो । भारतको चन्द्रवंशी, सुर्यवंशी, अग्निवंशी र नागवंशी पनि शिवको निरन्तरता मानिन्छन् ।

पुरै विश्वमा प्राचिन समयदेखि शिवको पुजा हुँदै आएको छ । यसका प्रमाण समय–समयमा प्राप्त भइरहन्छन् । विश्वकै अन्य सभ्यताहरुमा पनि शिवको पुजा हुने र शिवलिंगको प्रमाण भेटिन्छ । शिवको छोरा कात्र्तिकेयको कारण पनि धर्मको उत्पत्ति भएको मानिएको छ । जसमा साउदी अरबको यजीदी धर्म प्रमुख हो ।

अद्भुत वेशभुषामा सबै धर्मका प्रतिक चिन्ह्रः भगवान शंकरको चित्रमा शिवको जटाए छ, उक्त जटायमा एक अर्ध चन्द्र चिन्ह्र हुन्छ। जुन केही धर्मका प्रतिक हुन् । शिवको निधारमा तेस्रो आँखा छ, सुर्दशन चक्र,गलामा सर्प, रुद्राक्ष, हातमा डमरु र अर्को हातमा त्रिशुल र वाण छन् । शिवको वेशभुषा यस्ता छन् की प्रत्येक धर्मका मानिसहरु प्रत्यके धर्ममा उनीहरुले आफ्नो प्रतिक खोजिरहन्छन् । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot