Logo

गुल्मीमा पहिरो, एकै घरका चार जनाको मृत्यु



तम्घास, १७ साउन । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा पहिरो जाँदा एकै घरका चार जनाको मृत्यु भएको छ । शुक्रबार राती करिब ९ बजेतिर घर माथिबाट आएको पहिरोका कारण बिना माझी उनका २ छोरा र एक छोरीको मृत्यु भएको वडा अध्यक्ष हरि ज्ञवालीले जानकारी दिनुभयो ।

घटना स्थलमा प्रहरी जाँदै गरेको र बिस्तृत बिबरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको खबर आजको गोरखापत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot